ट्रेन्डिङ

एनपीएल : पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई जितका लागि एक सय ३९ रनको लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको बिहीबार खेलिएको पहिलो खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई जितका लागि एक सय ३९ रनको लक्ष्य दिएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको पोखरा एभेन्जर्सले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ३८ रन बनाएको हो ।

जारी एनपीएलमा जनकुपर बोल्ट्सले तेस्रो र पोखरा एभेन्जर्सले दोस्रो खेल खेलिरहेको हो । जनकपुर बोल्ट्स यसअघि खेलिएको दुवै खेलमा विजयी भएको थियो । आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्सले विराटनगर किङ्‌सलाई आठ विकेटले हराएको थियो ।

जनकपुर बोल्ट्सले आफ्नो दोस्रो खेलमा भने बलियो कर्णाली याक्समाथि आठ विकेटको जित हासिल गरेको थियो । जारी एनपीएलको सबैभन्दा महँगो क्लब पोखरा एभेन्जर्स भने आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनले पराजित भएको थियो ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी बिहीबारको खेलमा पोखरा एभेन्जर्सका लागि मार्कस क्रिचलीले सर्वाधिक ३५ रनको योगदान गरे । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका उनले ३० बलको सामना गरी एक छक्का र तीन चौका पनि हिर्काए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै