ट्रेन्डिङ

जनकपुरमा महिला पत्रकारमाथि प्रहरीले गर्‍यो दूव्र्यवहार

घटनाको छानबिन गर्न माग

जनकपुरधाम । स्थानीय तहको उपनिर्वाचनको क्रममा समाचार संकलनका लागि धनुषास्थित मतदान केन्द्रमा पुगेकी एक महिला पत्रकारलाई प्रहरी अधिकारीले नियतवश दुव्यवहार गरेको भन्दै कारबाहीको माग गरिएको छ ।

टुडे टिभि जनकपुर र प्राइम टिभिका संवाददातासमेत रहेकी चाँदनी झालाई आइतबार धनुषाको धनुषाधाम नगरपालिका– १ स्थित मतदान केन्द्रमा समाचार संकलनका लागि पुग्दा सई अशोक झाले नियतवश दुव्र्यवहार गरेको घटनाको निन्दा गर्दै गम्भीर ध्यानाकर्षण भएको प्रेस सेन्टर नेपाल धनुषाले जनाएको छ ।

धनुषाधाम नगरपालिका १ मा वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनको समाचार संकलन गर्न ठाकुर प्रसाद स्मृति भवन मतदान केन्द्रमा पुगेको बेला उनीमाथि दुव्र्यवहार भएको थियो ।

स्थानीय तहको उपनिर्वाचनको क्रममा मतदान केन्द्रमा सुरक्षार्थ खटिएका प्रहरी नायब निरीक्षक (सई) अशोक झाले मूलगेटमै पत्रकार चाँदनी झालाई दुव्र्यवहार गरेको भन्दै प्रेस सेन्टर धनुषाका सचिव अमरकान्त ठाकुरले घटनाको छानबिन गरी दोषीलाई कारबाहीको माग गरेका छन् ।

सचिव ठाकुरले एक महिला पत्रकारसंग अशिष्टता, अभद्रता र असभ्यताका साथ प्रस्तुत भएकाले निजले गरेको दुव्र्यवहार घटनाको छानबिन गरी तत्काल कारबाही गर्नका लागि प्रहरी–प्रशासनसंग माग गरे ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै