ट्रेन्डिङ

उपनिर्वाचन : महोत्तरीमा १ हजार ५ सय १४ जनाले गरे मतदान

धनुषा । महोत्तरीको रामगोपालपुर नगरपालिका– २ उपनिर्वाचन सम्पन्न भएको छ । जसअन्तर्गत १ हजार ५ सय १४ मतदान भएको छ ।

रामगोपालपुर नगरपालिका वडा नम्बर २ मा रिक्त रहेको वडाअध्यक्ष पदको लागि आज भइरहेको उपनिर्वाचनमा ५ बजेसम्म जम्मा १ हजार ५ सय १४ मत खसेको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले जानकारी दिए ।

रामगोपालपुर नगरपालिका– २ मोहनपुर स्थित नेपाल राष्ट्रीय जनता आधारभूत विद्यालयमा मतदान केन्द्र रहेको छ । जसमा बुथ (क) मा ४२४ महिला र ३३१ पुरुष गरि ७५५ त्यसैगरी बुथ (ख) मा ३६० महिला र ३९९ पुरुष गरि ७५९ जम्मा १ हजार ५ सय १४ मत मतदान भएको छ । जम्मा मतदाता मध्ये ७०.७१ प्रतिशत मत खसेको मतदान अधिकृत कोईरालाले बताए ।

सो वडामा एउटै मतदानस्थल रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय मोहनपुरमा दुई मतदान राखिएको छ । यस वडामा कुल २ हजार १ सय ४१ मतदाता रहेका मध्ये ९४० महिला र १ हजार २ सय १ पुरुष मतदाता रहेका छन् ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै