ट्रेन्डिङ

बीरगन्जको ‘आर्या फर्मा औषधी’ कम्पनीका मजदूरहरु आन्दोलित

के–के छन् माग ?

बीरगन्ज । बीरगन्जको छातापिपराका मजदूरहरु आन्दोलनमा उत्रिएका छन् । छातापिपरास्थित ‘आर्या फर्मा औषधी’ कम्पनीमा कार्यरत मजदूरहरु आन्दोलनमा उत्रिएका हुन् ।

दैनिकी ज्यालामा काम गर्ने मजदूरहरु ३ बुँदे माग राख्दै बुधबारदेखि आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरुले उचित पारिश्रमिक, नियुक्ति पत्र तथा आफूहरुलाई स्थायी गराउन लगायतका माग राख्दै आन्दोलित बनेका हुन् ।

यता मधेशी ट्रेड युनियन महासंघका मधेस प्रदेश संयोजक गोपीचन्द्र प्रसाद यादवले आन्दोलित मजदूरहरुको मागप्रति ऐक्यवद्धता जनाएका छन् । उनले मजदूरहरुको माग यथासिघ्र सम्बोधन उद्योगको ध्यानाकर्षण गराएका छन् ।

यसैबिच आन्दोलनकारी तथा प्रहरीबिच घम्साघम्सी भएको छ । सो क्रममा प्रहरीले दुुई जनालाई पक्राउ समेत गरेको छ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै