ट्रेन्डिङ

बोर्ड बैठकले निर्णय नगरुञ्जेल उद्योगको लाइन काटिँदैन : प्राधिकारण

काठमाण्डौँ । महसुस बक्यौता नबुझाउने उद्योगहरुमा तत्काल लाइन नकाटिने भएको छ ।

महसुल बक्यौता उठाउने यसअघि नेपाल विद्युत प्राधिकरणले दिएको १५ दिनको म्याद आज सकिँदै छ । तर, उद्योगीहरूले महसुल बक्यौता अझैसम्म पनि तिरेका छैनन् ।

१५ दिनको समयावधिभित्र सम्पूर्ण महसुल बक्यौता उठाउन मन्त्रिपरिषद्ले नै निर्णय गरेपछि प्राधिकरणले त्यसअनुसार उद्योगमा महसुलबापतको बिल पठाएको थियो ।

तर, अधिकांश उद्योगीहरूले महसुल नतिरेको प्राधिकरणको भनाइ छ । ट्रङ्क तथा डेडिकेटेड बापतको महसुल बक्यौता नतिर्ने उद्योगको लाइन काट्ने वा नकाट्ने भन्ने विषयमा कुनै निर्णय नभएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बोर्ड बैठक बसेर निर्णय नगरुन्जेल उद्योगमा लाइन नकाटिने बताए ।

उनका अनुसार, आज साँझसम्म बोर्ड बैठक बस्ने तयारी रहेको छ । यसअघि मन्त्रिपरिषद्ले १५ दिनभित्र ‘टाइम अफ द डे’ (टीओडी) मिटरका आधारमा महसुल बक्यौता उठाउने निर्णय गरेको थियो ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै