ट्रेन्डिङ

कलेजले सडक नै कब्जा गरी बनाएको घरटहरादेखि स्ट्याण्डसमेत भत्काइयो

जनकपुरधाम । जनकपुरधाममा एक निजी कलेजले सार्वजनिक बाटो नै अतिक्रमण गरी बनाइएको घरटहराहरु भत्काइएको छ ।

जनकपुरधामस्थित धनुषा जिल्ला अदालतदेखि हनुमान चलचित्र मन्दिरसम्मको बाटोलाई घेरबार गरी घर टहरा बनाएर मोडेल मल्टिपल कलेजले बनाएको साइकल स्टैण्डसमेत जनकपुरधाम उपमहानगरपालिकाले भत्काएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाले एक सूचना जारी गर्दै जनकपुरधाम– ४ स्थित मोडल मल्टिपल कालेजले सडक अतिक्रमण गर्दै कब्जा गरेर बनाएको पार्किंग स्थल हटाउन उपमहानगरपालिकाले काटेको थियो ।

जनकपुरधाम उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धीरेन्द्र कर्णले एक सूचना जारी गर्दै अतिक्रमित सडकमा बनाइएका घरटहरा र स्टैण्डलगायतका संरचनाहरु तत्काल हटाउन भनेको थियो ।

कब्जा गरी बनाइएको विभिन्न संरचनामा डोजर लगाउँदै अतिक्रमण गरिएको सडकमा आज नगर प्रहरी परिचालन गरेको छ ।

सो सडक अतिक्रमणमुक्त बनाउका लागि पटकपटक नागरिक समाजले आवाज उठाउँदै आएको थियो ।

सो कलेजले जनकपुरधाम उपमहानगरपालिको कार्यालयसंग भवन निर्माणको नापनक्सा स्वीकृति नै नगराई सात तल्लेभन्दा बढी तल्ले कलेजको भवन निर्माण गरी सञ्चालन गर्दै आएको छ ।

सो अवैधानिक संरचनासमेत भत्काउनुपर्ने स्थानीय युवा रोशनकुमार साहले माग गरेका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै