ट्रेन्डिङ

१० किलोग्राम गाँजासहित मकवानपुरबाट दुइ जना पक्राउ

बीरगन्ज । १० किलोग्राम लागु औषध गाँजासहित मकवानपुरबाट दुइ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ८ निवासी २८ वर्षका रामकुमार परियार र सोही गाउँपालिकाको वडा नम्बर ९ बस्ने ३६ वर्षका रामकुमार स्याङवो रहेका छन् ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले भलाद्मी चोक एरियाबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पूर्व पश्चिम सडकखण्डमा मनहरीबाट हेटौँडातर्फ जाँदै गरेको ना १ ह ५०३३ नम्बरको अटोलाई प्रहरीले जाँचका लागि रोकेको थियो । सोही क्रममा प्रहरीले दश किलो २५० ग्राम लागु औषध गाँजा फेला पारेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए ।

उनका अनुसार अटोको सित पछाडी कालो झोला र जेब्रा झोलाभित्र लुकाइछिपाइ राखिएको अवस्थामा उक्त गाँजा बरामद भएको हो ।

पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनायो ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै