ट्रेन्डिङ

प्रतिनिधि सभाका सचिवले दिएको राजीनामा स्वीकृत

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले दिएको राजीनामा स्वीकृत गरेका छन् ।

अधिकारीले प्रतिनिधि सभाको सचिव पदबाट आइतबार राष्ट्रपतिसमक्ष राजीनामा पेस गरेका थिए ।

संघीय संसद्का महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड ९क० बमोजिम भोलिदेखि लागु हुनेगरी उनको स्वीकृत भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै