ट्रेन्डिङ

मकवानपुर बस दुर्घटना : घाइते सबैको पहिचान खुल्यो (विवरणसहित)

घाइतेमा अधिकांस बालबालिका

बीरगन्ज । मकवानपुरमा भएको बस दुर्घटनामा परी घाइते हुनेहरूको पहिचान खुलेको छ । घाइते हुनेहरुमा अधिकांश बारा जिल्लाका रहेका छन् ।

बीरगन्जबाट पोखराका लागि छुटेको ग २ ख १६२१ नम्बरको बस शुक्रबार बिहान हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ चुरियामाई मन्दिर पुर्व पश्चिम सडकखण्डमा दुर्घटनामा परेको थियो ।

बसको ब्रेक फेल भई अचानक सडक छेउको खोल्सामा पल्टिएर दुर्घटना भएको मकवानपुर प्रहरीका डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

बसमा सवार १८ मध्ये १७ जना यात्रु दुर्घटनामा परी घाइते भएका उनले बताए । घाइतेहरुमध्ये एक जनाको अवस्था गम्भिर, १४ जना मध्यम तथा दुइको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

गम्भिर घाइते हुनेमा बाराको प्रर्सौनी गाउँपालिकाकी ९ वर्षीया जोनिशा कुमारी ठाकुर रहेकी प्रहरीको भनाइ छ ।

 


घाइतेहरुको विवरण :

१. बारा जिल्ला कलैया उपमहानगरपालिका वडा नम्बर २३ बस्ने ३२ वर्षका सुरेन्द्र शर्मा ।

२.भारतको हाजियापुर बस्ने ४१ वर्षका रन्जन कुमार थिङ ।

३ बाराको पर्सौनी गाउँपालिका वडा नम्बर ३ बस्ने ९ वर्षकी जोनिशा कुमारी ठाकुर ।

४.जिल्ला बारा पर्सौनी गाउँपालिका वडा नम्बर ३ बस्ने ७ बर्षकी जेस्मी ठाकुर ।

५ पर्सा जिल्ला निवासी १७ वर्षकी रमिता चौधरी ।

६.पर्सा जिल्ला निवासी ३ वर्षीया निकिता चौधरी ।

७ पर्साकै ११ वर्षीया अमिता चौधरी ।

८ बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ३ बस्ने अलोक ठाकुरको १८ महिने छोरी ।

९.कलैया–३ वर्ष २८ की अन्जु ठाकुर ।

१०. कलैया–३ कै वर्ष १८ कि रन्जना ठाकुर ।

११.चितवन भरतपुर महानगरपालिका वडा नम्बर ९ बस्ने ४ वर्षका बद्री प्रसाद पौडेल ।

१२.भारत घर भएका २४ वर्षका इन्जमान खान ।

१३.भारतकै वर्ष २३ का आर्यव खान ।

१४. कैलाली–३ बस्ने ३५ वर्षकी सिमा चौधरी ।

१५.जिल्ला स्याङजा घर भएका वर्ष ५२ का भिम बहादुर रेग्मी ।

१६.बाराको प्रर्सौनी निवासी सुनिल ठाकुरको ५ वर्षीया छोरी रिया ठाकुर ।

१७. भारतको बिहार पटना बस्ने २५ वर्षकी अल्कामा युसुफ ।

घाइते सबैको हेटौँडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै