ट्रेन्डिङ

मधेसमा यसवर्ष दुइ लाख भन्दा बढी मेट्रिक टन धान उत्पादन हुने अनुमान

कुन जिल्लामा कति रोपाँई ?

धनुषा । मधेसमा यसवर्ष दुई लाख भन्दा बढी मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ । प्रदेशका आठ वटै जिल्लामा गरी गत वर्षको तुलनामा कूल दुई लाख पाँच हजार २५१ मेट्रिक टन बढी धान उत्पादन हुने अनुमान गरिएको हो ।

गत वर्ष ०८०/०८१ मा प्रदेशभर १२ लाख ९६ हजार ६०७ मेट्रिक टन धान उत्पादन भएको थियो । यसवर्ष १५ लाख दुई हजार ४५८ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको मधेशस्थित कृषि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता वरिष्ठ कृषि प्रसार अधिकृत रोशनकुमार मेहताका अनुसार यसवर्ष पाँच हजार २६४ दशमलव पाँच हेक्टर क्षेत्रफल बढीमा धान खेती गरिएको छ । यो गत वर्ष भन्दा बढी भएको उनी बताउँछन ।

आर्थिक वर्ष ०८०/०८१ मा तीन लाख ७० हजार ३५० हेक्टर क्षेत्रफलमा धान खेती गरिएको बताउँदै उनले यसवर्ष भने तीन लाख ७५ हजार ६१४ दशमलव पाँच हेक्टर क्षेत्रफलमा लगाइएको जानकारी दिए ।

कहाँ कति रोपाँई ?

प्रदेशका जिल्लाहरुमध्ये सबैभन्दा बढी खेती सप्तरीमा गरिएको मधेश प्रदेशका कृषि विकास निर्देशनालयले जनाएको छ । त्यो जिल्लामा ६५ हजार २८० हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ ।

यसैगरी सबैभन्दा कम रौतहटमा ३७ हजार ६२० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । भने पर्सामा पर्सामा ४६ हजार १८७ हेक्टर, सर्लाहीमा ४५ हजार ५४० हेक्टर, धनुषामा ४१ हजार ५६५ हेक्टर, महोत्तरीमा ४१ हजार ९४२ दशमलव पाँच हेक्टर, सिरहामा ५२ हजार ३८० हेक्टर र बारामा ४५ हजार ९९ दशमलव छ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको जनाइएको छ ।

कुन जिल्लामा कति उत्पादन ?

सप्तरीमा सबैभन्दा बढी दुई लाख ६१ हजार १२० मेट्रिक टन धान उत्पादन हुने अनुमान छ । भने रौतहटमा एक लाख ५० हजार ४८० मेट्रिक टन धान उत्पादन हुने मधेश प्रदेशका कृषि विकास निर्देशनालयको अनुमान छ ।

यसैगरी पर्सामा एक लाख ८४ हजार ७४९ दशमलव मेट्रिक टन, सर्लाहीमा एक लाख ८२ हजार १६० मेट्रिक टन, धनुषामा एक लाख ६६ हजार २६० मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको निर्देशनालयले जनाएको छ ।

यस्तै महोत्तरीमा एक लाख ६७ हजार ७७० मेट्रिक टन, सिरहामा दुई लाख नौ हजार ५२० मेट्रिक टन, सप्तरीमा दुई लाख ६१ हजार १२० मेट्रिक टन र बारामा एक लाख ८० हजार ३९८ दशमलव चार मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको कृषि विकास निर्देशनालयको तथ्यांक छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै