ट्रेन्डिङ

माछाको भाउ बढ्यो

काठमाण्डौँ । कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले तिहारमा माछाको भाउ बढाएको छ । समितिले दैनिक मूल्यसूचि अनुसार २ देखि ७ प्रतिशतसम्म माछाको भाउ बढाएको हो ।

कार्तिक १ गते ताजा रहु माछाको मूल्य प्रतिकिलो ३४२ रुपैयाँ थियो, भने कार्तिक १४ गते ९ रुपैयाँले मूल्य बढेर ३६१ रुपैयाँ प्रतिकिलो पुगेको छ । यस्तै, २४५ रुपैयाँ प्रतिकिलो पर्ने ताजा बचुवा माछाको मूल्य वृद्धि भई २६३ रुपैयाँ प्रतिकिलो पुगेको छ ।

यस्तै, १४ दिन अगाडी प्रतिकिलो छडी माछाको प्रतिकिलो २५० रुपैयाँ प्रतिकिलो पर्थ्यो भने सोको मूल्य वृद्धि भई २६० रुपैयाँ प्रतिकिलो पुगेको कालीमाटी तरकारी बजारको दैनिक मूल्यसूचीमा उल्लेख छ ।

यो मूल्य ताजा माछाको रहेको कालीमाटी बजार विकास समितिले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै