ट्रेन्डिङ

आज धनतेरस : वीरगन्ज बजारमा किनमेल गर्नेको चहलपहल (फोटोफिचर)

वीरगन्ज । नेपालीहरुको दोस्रो महान पर्व तिहार सुरु भएको छ ।

धनतेरसको दिन नयाँ भाँडाकुडा र सुनचाँदीका गरगहना किनमेल गर्ने प्रचलन रहि आएको छ । विशेष गरी दीपावलीको किनमेलको लागि आजको दिन उत्तम र शुभ मानिन्छ ।

आज परेको यो दिन खरिद गरेका सामग्रीहरू राखेर लक्ष्मी पूजा गरेमा लक्ष्मी माता खुसी भई धनधान्यले सम्पन्न गराउने धार्मिक विश्वास समेत रहेको छ ।

धार्मिक मान्यता अनुसार धनतेरसको दिन कमलको पुष्पाशनमा विराजमान माता लक्ष्मी र गणेशको मूर्ति वा तस्वीर घर भित्र्याउनु निकै फलदायी हुनेछ ।

आजको दिन सुन, चाँदी, तामाको भाँडादेखि लिएर अन्य सरसमान किनेर घरमा भित्र्याउने चलन रहेकाले गर्दा वीरगन्ज बजार क्षेत्रमा किनबेच गर्नेहरुको विहानैदेखि चहलपहल बढेको छ ।

सोमवार विहानैदेखि सुन पसल, भाडाँको पसलहरुमा किन्नेहरुको भिडभाड लागेको छ ।

तस्विरहरु : बिशाल पटेल

 

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै