ट्रेन्डिङ

पर्साको सखुवाप्रसौनीमा ३५ हजार गाँजाको बोट फाँडेर नष्ट

वीरगन्ज । पर्सा प्रहरीले लागु औषध गाँजा खेती फडानी गरेको छ । जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ मा गाँजा खेती फडानी गरेको हो ।

इलाका प्रहरी कार्यालय कार्यालय एकटाँगाबाट प्रहरी बरिष्ठ नायब निरिक्षक यज्ञानन्द प्रसाद साहको कमाण्डको टोली र प्रहरी चौकी बनिया, रंगपुर, अस्थायी प्रहरी पोष्ट मनवा, सुरक्षा बेश क्याम्प बागेश्वरी र रेञ्ज पोष्ट सखबनियाबाट समेत खटिएको संयुक्त टोलीले गाँजा खेती फाँडेको हो ।

टोलीले बडनियार, कोइलाभार, बिन्दबासीनी साझेदारी वन क्षेत्रमा लगाइएको अन्दाजी ५ बिगाहा जग्गाको गाँजा खेती फडानी गरेको पटेर्वासुगौलीका प्रहरी निरिक्षक मोहन जंग थापाले जनाए ।
उनका अनुसार अवैध रुपले १७ स्थानमा लगाइएको ३५ हजार गाँजाको बोटबिरुवा फाँडेर नष्ट पारिएको हो ।

त्यसअघि कात्तिक १० र ७ गतेसमेत प्रहरी टोलीले फरकफरक स्थानहरुमा लगाइएका गाँजालाई फाडेर नष्ट पारेको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै