ट्रेन्डिङ

नेपाली कांग्रेसका नेता निधिले भने – जचुकालीलाई निजीकरण गर्ने षडयन्त्र भइरहेको छ

जनकपुरधाम । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले जनकपुर चुरोट कारखाना लिमिटेडलाई निजीकरण गरेर मधेश प्रदेश सरकारलाई विस्थापित गर्न खोजिरहेको बताएका छन् ।

जनकपुरधाममा आज संचारकर्मीहरुसंग कुराकानी गर्दै पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका निधिले वर्तमान मधेश प्रदेश सरकारको मधेस–प्रदेश भवनले परिचित जनकपुर चुरोट कारखाना निजीकरण गर्ने षड्यन्त्र भइरहेको आरोप लगाए ।

प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता निधिले भने, “म गृहमन्त्री हुँदा सरकारसँग निर्णय गराएर प्रदेश मातहत ल्याउनुपर्ने गरी प्रक्रिया अगाडि बढाएको थिएँ र सो क्रममा जिल्ला प्रशासन कार्यालय धनुषाको मातहत जचुकालिलाई ल्याइएको हो ।”

सरकारले पुनः जनकपुर चुरोट कारखानालाई संचालन गर्ने नाममा निजीकरण गरिरहेको कुरा आफूले केही दिनदेखि सुन्दै आएको जनाउँदै उनले भने, “यो आपत्तिजनक कार्य मात्र होइन यो संघीयता विरोधी कदम पनि हो ।”

आफूले यसबारे उद्योगमन्त्रीसमेत छलफल गरेको सुनाउँदै नेता निधिले भने, “उद्योगमन्त्रीले आफूलाई कारखाना निजीकरण होइन लाइसेन्स नवीकरण गर्नमात्र लागिएको छ ।”

जचुकालिलाई आफू गृहमन्त्री भएको बेला निर्णय गराएर मधेश प्रदेश सरकारको प्रशासनिक कामकाज संचालन भइरहेको बताउँदै नेता निधिले यदि सरकारले यस्तो निर्णय गरेमा विरोध गर्ने चेतावनी समेत दिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै