ट्रेन्डिङ

क्षेत्रीय कार्यालयको उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले भने– गाउँघरमा छोरीको विहे हुँदा स्वयंसेवकको रुपमा गएर काम गरिदिनुस, अनि हेर्नुस संगठन मजबुत हुँदै जान्छ

वीरगन्ज । जनमत पार्टी पर्साले दुइ नम्बर क्षेत्रमा सम्पर्क कार्यालयको उद्घाटन गरेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर – १९ स्थित विन्दवासिनीमा जनमत पार्टीले आज क्षेत्रीय कार्यालयको उद्घाटन गरेको हो ।

पर्सा क्षेत्र नम्बर दुइको सम्पर्क कार्यालय भन्दै विन्दवासिनीमा क्षेत्रीय कार्यालयको मधेसका मुख्यमन्त्री सतिस सिंहले एक कार्यक्रमबिच उद्घाटन गरेका हुन । कार्यालयको उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले यो क्षेत्रीय कार्यालयमार्फत जनताको सेवामा दत्तचित्त भएर काम गर्न आग्रह गरे ।

लोकतन्त्रमा सबै ठूलो सम्पति जनता भएकोले आम नागरिकलाई राखेर पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्न मुख्यमन्त्री सिंहले निर्देशन दिए । उनका अनुसार शिक्षा, स्वास्थ्य जस्ता गम्भीर मुद्दाहरुमा जनतासंग प्रत्यक्ष सरोकार भएका विषय हुन ।

‘त्यसकारण यस्ता मुद्दाहरुप्रति गम्भीर जनताको पक्षमा काम गर्न आग्रह छ, जनताको घरमा हुने हरेक सानोसानो कार्यमा पनि सहभागीता जनाउन उत्तिकै जरुरी रहेको छ,’ उनले भने ।

उनी भन्छन्, ‘अझ खासगरी गाउँघरमा छोरी चेलीको विहे हुँदा त्यसमा आफै जानु होला, त्यहाँ गएर स्वयम सेवकको रुपमा बरु खटिदिनुस । यसो गरिएमा जनताको माया पाउन सकिन्छ, जसले गर्दा संगठन पनि बलियो हुँदै जान्छ ।’

उनका अनुसार यसो गरिएमा जनमत पार्टीको संगठन विस्तारमा टेवा मिल्नेछ । समाज सेवाको माध्यमले जनमत पार्टीलाई जनजनमा पु¥याउन मुख्यमन्त्री सिंहले कार्यकर्ताहरुलाई निर्देशनसमेत दिए ।

‘यसको साथै जनमत पार्टी अनुशासनमा चल्ने पार्टी रहेको तपाइँहरु अनुशासन भन्दा बाहिर गएर काम नगर्नु होला, आफ्नो कतव्र्य भन्दा बाहिर गएर काम गरेमा जनमत पार्टीले त्यसलाई अस्वीकार गर्छ । त्यसकारण यो विषयतर्फ सावधानी अपनाउनु होला,’ उनले भने ।

जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफसहितकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । यसैगरी मुख्यमन्त्री सिंहले आजै पर्सा क्षेत्र नम्बर–४ मा पनि क्षेत्रीय कार्यालयको उद्घाटन गरेका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै