रुपन्देहीमा ९ जना सडक आश्रित मानवहरुकाे उद्धार

बुटबल । मेची-महाकाली राष्ट्रिय उद्धार यात्राकाे एघारौँ दिन बिहीबार लुम्बिनी प्रदेशअन्तर्गत रुपन्देहीबाट ९ जनाकाे उद्धार भएकाे छ ।

‘यो पटककाे चाडपर्वमा कसैले बस्न नपराेस् सडकपेटीमा’ भन्ने भावनासहित मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनको संयुक्त आयोजनामा यात्रा सुरु भएकाे हाे ।

मेचीमहाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत बिहीबार सिद्धार्थनगर नगरपालिका-१३ बाट २ जना, ३ बाट १ जना, १ बाट १ जना, मायादेवी गाउँपालिका-६ बाट २ जना, लुम्बिनी साँस्कृतिक नगरपालिका-६ बाट १ जना, बुटवल उपमहानगरपालिका-२ फूलबारीबाट २ जना गरि ९ जना सडक मानवहरुकाे उद्धार गरिएकाे मानवसेवा अाश्रमका अध्यक्ष रामजी अधिकारीले बताए ।

उद्धार हुनुभएका ८ जना पुरुष र १ जना महिलालाई अाजै मानवसेवा अाश्रम रुपन्देहीकाे तिलाेत्तमा सेवाकेन्द्रमा गृहप्रवेश गराईएकाे छ । उद्धार टाेली बिहीबार रुपन्देहीकाे तिलाेत्तमा, मसतिया गाउँपालिका, सिद्धार्थनगर, मायादेवी, लुम्बिनी साँस्कृतिक, गैडहवा, सैनामैना, बुटवल
लगायत क्षेत्रहरुमा उद्धार सेवामा खटिएकाे हाे ।

शुक्रबार भने टाेली बुटवल, देवदह, लगायत नवलपरासी जिल्लाका विभिन्न क्षेत्रहरुमा बेवारिसे अवस्थामा रहनुभएका मानवहरुकाे उद्धार तथा सेवामा रहने कार्यक्रम रहेकाे छ ।

३२ दिनसम्म सञ्चालन हुने उद्धार यात्रामा वरिष्ठ गायिका तथा समाजसेवी आनी छोइङ डोल्मा मानवसेवा आश्रमका संस्थापक/ केन्द्रीय अध्यक्ष रामजी अधिकारीसहित ४७ जना यात्रीहरूकाे सहभागिता रहेकाे छ ।

उद्धार यात्राकाे ११ औँ दिनसम्मकाे अवधिमा १०७ जना सहयाेगापेक्षीहरुकाे उद्धार गरिएकाे छ । २८ महिला र ७९ जना पुरुषकाे सङ्ख्या मध्ये २ जना बालिका र १ जना बालक पनि रहेका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै