ट्रेन्डिङ

ब्यवसायीक निष्ठकासाथ दत्तचीत्त भएर नागरिकको सेवामा लाग्न प्रहरी कर्मचारीलाई महानीरिक्षक कुँवरको निर्देशन

काठमाण्डौ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले आफ्नो क्षेत्रमा कुनै पनि अपराधीक क्रियाकलाप हुन नदिन प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन । प्रहरी प्रमुखको यो निर्देशन अर्थपूर्ण रहेको छ ।

 

न्यायीक प्रक्रियामा रहेका मुद्धाको पक्ष बिपक्षमा सडकमा प्रर्दशन भइरहेको सन्दर्भमा आएको यो निर्देशनले कानून ब्यवस्थाको बहालकालागि प्रहरी कर्मचारीकालागि निर्देशन अर्थपूर्ण रहेको भएको हो ।
उनले प्रहरी संगठनको छविलाई राख्दै ब्यवसायीक एवं निष्ठावान हुदै नागरिकको सेवामा तल्लीन हुन समेत उनले निर्देशन दिएका छन ।

नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तु लगायत प्रहरी गतिविधि र कामकाज सम्बन्धमा बुधबार प्रहरी महानिरीक्षक कुँवरले उक्त निर्देशन दिएका हुन ।

प्रहरी महानिरीक्षक कुँवरले आफ्नो क्षेत्रमा कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउनु पर्ने उल्लेख गर्दै आपराधिक गतिविधिको सूचना संकलन तथा विश्लेषण गरी आवश्यक सुरक्षा रणनीति एवम् प्रभावकारी प्रहरी परिचालनमा कटिबद्ध हुन निर्देशन दिए ।

 

उनले आ आफ्नो जिम्मेवार क्षेत्रहरूमा सुरक्षा व्यवस्थापनको निम्ति आवश्यक सुरक्षा योजना निर्माणका साथै सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी कार्यसम्पादन गर्नुपर्नेमा उहाँले जोड दिएका छन ।

प्रहरी महानिरीक्षक कुँवरले सीमा क्षेत्रमा हुने राजस्व चुहावट नियन्त्रण गर्न थप सक्रिय भई काम गर्नुपर्ने बताउँदै विस्फोटक पदार्थ ओसारपसार नियन्त्रण लगायत अन्य आपराधिक क्रियाकलाप न्यूनिकरणमा समेत क्रियाशील हुन निर्देशन दिए । व्यक्तिगत स्वार्थलाई त्यागेर आफ्नो कर्तव्यमा आधारित भई उत्कृष्ट रूपमा कार्य गर्नुपर्ने चर्चा गर्दै हिरासत व्यवस्थापनमा समेत थप संवेदनशील भई कार्य गर्न उनले निर्देशन दिए ।

कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थितिको साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू र जिल्ला प्रहरी परिसर तथा जिल्ला प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै