काठमाण्डौँ । दिल्लीबाट काठमाडौँ विमानस्थलमा अवतरण भएको भिस्तारा एयरमा सवार यात्रुहरूलाई सुरक्षित रूपमा विमानबाट बाहिर निकालिएको छ ।
कलसाईन भिस्तारा–१५५ विमानमा सवार १५७ यात्रुलाई सकुसल बाहिर निकालिएको सैनिक प्रवक्ता (सहायकरथी) गौरव कुमार केसीले बताए ।
अहिले सेना र प्रहरीले यात्रुका झोला र विमान सर्च गरिरहेका छन् ।
एकजना व्यक्तिले त्रिभुवन विमानस्थल नागरिक उड्यन कार्यालयमा गएर सो विमानमा बम राखिएको सूचना दिएका थिए ।