ट्रेन्डिङ

रवि लामिछानेलाई एमालेको जवाफ

काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले आफू पक्राउ पर्न थालेपछि दिएको अभद्र अभिव्यक्तिलाई लिएर सत्तारुढ नेकपा एमालेका नेताले जवाफ फर्काएका छन् ।

लामिछानेले आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि ‘सरकार मरेको र आफूलाई जुठो परेको’ अभद्र अभिव्यक्ति दिएपछि एमाले नेता विष्णु रिजालले जवाफ फर्काएका हुन् ।

‘सरकार मरेको होइन, सक्रिय भएको छ,’ उनले सामाजिक सञ्जाल एक्स (ट्विटर) मा लेखेका छन्, ‘रवि लामिछानेलाई पक्राउ गर्न पुर्जी जारी हुनु न खुसीको कुरा हो न दुःखको । कानुनले आफ्नो बाटो लिन्छ, लिनुपर्छ ।’

यसअघि पूर्वगृहमन्त्री रहिसकेका लामिछानेले लेखेका थिए, ‘अहिलेलाई सरकार म¥यो हामीलाई जुठो प¥यो । तर, मलाई न्यायलयप्रति आशा र न्यायप्रेमी जनताप्रति भरोसा छ । प्रिय रास्वपा परिवारका साथीहरू, शिर ठाडो राख्नुहोला । तपाईँको सभापतिले कसैलाई ठगेको छैन ।’

एमाले नेता रिजालले यसअघि पनि गृहमन्त्री रहिसकेका नेताहरू पक्राउ परेका घटना लामिछानेलाई स्मरण गराएका छन् ।

‘गृहमन्त्री भइसकेका कृष्णबहादुर महरा, बालकृष्ण खाँडहरू आफ्नै पार्टीको सरकार भएको बेला पक्राउ पर्दा आकाश खसेन, राजनीतिक प्रतिशोध भएन,’ उनले भनेका छन्, ‘रविजी पक्राउ पर्दा चाहिँ के आकाश खस्छ ? कानुनलाई सघाउनुस्, ६५ करोड बारे जवाफ दिनुस्, अदालतले न्याय दिइहाल्छ नि !’

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै