ट्रेन्डिङ

प्रहरी नायब निरिक्षक गोपाल खत्री ‘बेस्ट पुलिस अफ द मन्थ’

काठमान्डौं । उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका प्रहरी नायब निरीक्षक (सई) गोपाल खत्री कार्तिक महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषित भएका छन्।

उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले मातहतमा कार्यरत प्रहरी कर्मचारीको कार्यसम्पादन मूल्यांकन गर्दै ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित गरिएको जनाएको छ ।

अपराध अनुसन्धान तथा प्रहरी सेवामा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई प्रोत्साहित गर्ने उद्देश्यले लागू गरिएको ‘महिनाको उत्कृष्ट प्रहरी छनोट कार्यविधि–२०८३’ अनुसार खत्रीलाई कार्तिक महिनाको उत्कृष्ट प्रहरी छनोट गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

यहि कार्तिक महिनामा विभिन्न आपराधिक घटनाको अनुसन्धानमा सक्रिय रुपले भूमिका निर्वाह गर्नुका साथै महत्वपूर्ण जिम्मेवारीहरूलाइ व्यवसायिक दक्षताका आधारमा प्रभावकारी रूपमा सम्पन्न गरेका थिए। सोहिको आधारमा उनलाइ पुरस्कृत गरिएको कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) सन्तोष खड्काले बताए ।

एसएसपी खड्काले संगठनको नीति, निर्देशन र पदीय दायित्वअनुसार इमान्दार तथा लगनशील र सूक्ष्म ढंगले जिम्मेवारी निर्वाह गरेको भन्दै प्रहरी नायब निरिक्षक खत्रीको योगदानको प्रशंसा गरेका छन् ।

प्रहरी नायब निरिक्षक खत्री कार्यालयको ५ नम्बर पिल्लरमा कार्यरत थिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै