ट्रेन्डिङ

मानव अधिकार एवं कैदी बन्दी न्यायिक सरोकार मञ्च मधेशको अध्यक्षमा पुनः प्रविण श्रीवास्तव

वीरगन्ज । मानव अधिकार एवं कैदी बन्दी न्यायिक सरोकार मञ्च नेपाल, मधेश प्रदेशको प्रथम अधिवेशनबाट प्रविण श्रीवास्तवको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।

शनिबार वीरगन्जमा सम्पन्न अधिवेशनले श्रीवास्तवको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

अधिवेशनमा मञ्चकी केन्द्रीय अध्यक्ष लक्ष्मी कुमारी खाँड, उपाध्यक्ष दामोदर ढकाल शर्मा, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापा, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु कार्की तथा कारागारका प्रतिनिधि सुनिल चौरसियालगायतको उपस्थिति थियो ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा रुपा पाण्डे, रमन कुमार सिंह र बिक्रम बस्नेत चयन भएका छन् ।

यस्तै महासचिवमा राधेश्याम साह सोनार, सचिवमा सन्दिप कुमार पाठक र संजीता कुमारी मण्डल तथा सहसचिवमा मञ्जु कुमारी सिंह र रमेश प्रसाद सरार्फ चयन भएका छन् ।

त्यसैगरी कोषाध्यक्षमा म. सेराख अली चयन भएका छन् ।

समितिको सदस्यमा मन्नु श्रीवास्तव, रबिन श्रीवास्तव, महिरू सेन मिया, नारायण त्रिपाठी, आदित्य श्रीवास्तव, नवनित प्रसाद, रञ्जीता कुमारी साह, प्रमोद कुमार साह, मनोज कुमार साह, प्रिया साह, सुरज पटेल, श्याम जी साह सोनार, मुकेश कुमार मण्डल र महिमा कुमारी चौधरी चयन भएका छन् ।

अधिवेशनमा मानव अधिकारको संरक्षण, कैदीबन्दीका न्यायिक तथा आधारभूत अधिकार र उनीहरूसँग सम्बन्धित सरोकारका विषयमा मञ्चले गर्दै आएको भूमिकाबारे पनि चर्चा गरिएको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै