ट्रेन्डिङ

पर्साबाट ११४ किलो लागु औषध गाँजासहित एकजना पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले ठूलो परिमाणमा लागु औषध गाँजासहित एक जनालाइ पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा गरिएको जाँचबाट प्रहरीले ११४ किलो २५ ग्राम लागु औषध गाँजासहित एक जनालाइ नियन्त्रणमा लिएको हो ।

जिल्लाको पकहामैनपुर गाउँपालिकाको धोरेस्थितको सडकखण्डबाट शुक्रबार राती पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता डिएसपी चक्र मल्लले बताए ।

प्रहरीले लागु औषध गाँजासहित धादिङको बेनिघार रोराङ गाउँपालिका निवासी २१ वर्षीय साजन चेपाङ्लाइ नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता डिएसपी मल्लले जनाए ।

उनका अनुसार चेपाङ सवार बा १८ च ३६५७ नम्बरको कारको पछाडिको डिकीमा प्लास्टिकले बेरेर राखिएको १२ पोका लागु औषध गाँजा फेला परेको हो ।

गाँजा र कारसहित पक्राउ परेका चेपाङलाइ प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै