ट्रेन्डिङ

एकापसमा मोटरसाइकल ठोक्किँदा सप्तरीमा एक जनाको मृत्यु

सप्तरी । मोटरसाइकल एकापसमा ठोक्किाँदा सप्तरीमा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको बिष्णुपुर गाउँपालिका वडा नमबर ५ कट्टीस्थित सडकमा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा राजबिराज नगरपालिका वडा नम्बर १२ सिंगियौन बस्ने २३ वर्षका छोटेलाल यादव रहेका प्रहरीले जनाएको छ ।

शुक्रबार बीआर ५०–०६ २८८ र ना. २२ प ३२८५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको थियो ।

दुर्घटनामा ना.२२ प ३२८५ नम्बरको मोटरसाइकल चालक रहेका यादव गम्भीर घाइते भए । गम्भीर घाइते उनको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका बीआर ५०–०६२८८ नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै