पर्सा प्रहरीले २१ वर्षदेखि सवारी ज्यान मुद्दाका फरार एक जनालाइ गर्‍यो पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले २१ वर्षदेखि सवारी ज्यान मुद्दाका फरार एक जनालाइ पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरीको टोलीले घरमा लुकीछिपी बस्दै आएका फरार आरोपितलाइ पक्राउ गरेको जनाएको छ ।

प्रहरीले जिल्लाको पर्सागढी नगरपालिका वडा नम्बर-५ निवासी ४७ वर्षीय दिनेश प्रसाद यादवलाइ पक्राउ गरेको पर्सा प्रहरी प्रमुख सुदिपराज पाठकले बताए ।

उनका अनुसार ०६२ सालको मंसिर १५ गते वीरगन्जको गण्डक चोकमा पैदल यात्रीलाइ ठक्कर दिएका थिए, त्यसपछि उपचारको क्रममा घाइते पैदल यात्री बारा जितपुर निवासी कालिका सिंह राजपूतको मृत्यु भएको थियो ।

सोही घटनापश्चात फरार रहेका यादवलाइ घोजबिन गर्दै जाँदा प्रहरीले उनलाइ नियन्त्रणमा लिएको जनाइएको छ ।

पक्राउ परेका यादवलाइ जिल्ला प्रहरीको हिरासतमा राखी सवारी ज्यान मुद्दामा अनुसन्धान सुरु गरिएको पर्सा प्रहरीको कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै