ट्रेन्डिङ

मकै रेखदेख गर्न खेतमा बसेका पुरुषलाई जब जंगली बँदेलले आक्रमण गर्यो………

बारा । जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको लालबन्दी नगरपालिकामा जंगली बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा नगरपालिकाको वडा नम्बर १५ पिडखोल्सा बस्ने ३२ वर्षका प्रेमबहादुर थिङ(दावा) छन् ।

मकै रेखदेखका लागि खेतमा बसेका उनलाई बँदेलले आक्रमण गर्दा घाइते भएका थिए । उपचारका लागि महेन्द्र राजमार्गस्थित लालबन्दी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरी टोलीले मध्यराति नै घटना स्थलको मुचुल्का तयार गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवा पुर्‍याएको बताएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै