ट्रेन्डिङ

पर्साको गण्डक नहर क्षेत्रमा पनि डोजर चल्ने, कहिलेदेखि भत्काइन्छ अतिक्रमित संरचना ?

वीरगन्ज। पर्साको गण्डक नहर क्षेत्रमा अतिक्रमण गरी बनाइएका संरचनाहरू हटाउने तयारी गरिएको छ ।

नहर किनारामा वर्षौंदेखि निर्माण गरिएका अस्थायी तथा स्थायी संरचनाहरू खाली गराउन तयारीमा गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएको छ ।

बीरगन्जको गण्डक चोकदेखि जानकी टोला इनर्वासम्म फैलिएको अतिक्रमण हटाउने तयारी गरिएको जिल्ला प्रशासन कार्यालयका सिडिओ भोला दाहालले बताए ।

उनका अनुसार २६ किलोमिटरको नहर किनारामा अतिक्रमण गरी बनाइएका घर टहराहरु भत्काउने तयारी गरिएको छ ।

यही आइतबारदेखि नहरको अतिक्रमित संरचना भत्काउने तयारी गरिएको सिडिओ दाहाल बताउँछन ।

प्रमुख जिल्ला अधिकारी (सिडिओ) सहित सुरक्षा निकायका प्रमुखहरूबीच समन्वय गर्दै विशेष कार्ययोजना बनाइएको प्रशासनले जनाएको छ ।

स्थानीय प्रशासनले सार्वजनिक सम्पत्तिको संरक्षण र व्यवस्थित सहरी व्यवस्थापनका लागि अतिक्रमण हटाउने अभियानलाई प्राथमिकतामा राखेको जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै