ट्रेन्डिङ

गृहमन्त्री प्रकरणमा क्याबिनेटमा छलफल, निर्णय अघि ब्रिफिङ हुने

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री सुधन गुरुङसँग सम्बन्धित विषयले प्राथमिकता पाएको छ।

बैठकका क्रममा मन्त्रीहरूबीच गृहमन्त्रीको भूमिकाबारे प्रश्न उठेपछि यस विषयमा तत्काल निर्णय नगरी अघि बढ्ने सहमति बनेको छ।

प्रधानमन्त्रीले बैठकमा गृहमन्त्रीको विषयमा अन्तिम निर्णय उनी स्वयंको विवेकमा निर्भर रहने स्पष्ट पारेका छन्।

साथै, औपचारिक निर्णयमा पुग्नुअघि गृहमन्त्रीले मन्त्रालयमा उपस्थित भई सम्पूर्ण विषयबारे विस्तृत जानकारी (ब्रिफिङ) गराउने र त्यसपछि मात्र आवश्यक निर्णय लिने तयारी गरिएको छ।

एक मन्त्रीका अनुसार अब गृहमन्त्रीले मन्त्रालयस्तरमै छलफल गरी आगामी कदमबारे निष्कर्ष निकाल्नेछन्।

त्यसपछि मन्त्रिपरिषद्ले आवश्यक ठानेमा औपचारिक निर्णय लिने प्रक्रिया अघि बढ्नेछ।

यसअघि विवादास्पद छवि बनाएका व्यवसायी दीपक भट्टसँग गृहमन्त्री गुरुङको नाम जोडिँदै सेयर लगानीसम्बन्धी विषय सार्वजनिक भएको थियो।

सोही प्रकरणले राजनीतिक वृत्तमा बहस चर्किएको हो।

उक्त आरोपबारे गृहमन्त्री गुरुङले यसअघि नै आफ्नो धारणा सार्वजनिक गर्दै स्पष्टीकरण दिइसकेका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै