ट्रेन्डिङ

संसदीय दलको नेता चयनका लागि कांग्रेसले ११ गते निर्वाचन गर्ने, को–को हुन् आकांक्षी ?

काठमाण्डौँ । संसदीय दलको नेता चयनका लागि नेपाली कांग्रेसले यहि बैशाख ११ गते निर्वाचन गर्ने भएको छ ।

सहमहामन्त्री प्रकाश स्नेही रसाइली नेतृत्वको निर्वाचन समितिले आज कार्यतालिका प्रकाशन गर्ने र ११ गते निर्वाचन गर्ने तयारी गरेको जनाएको छ ।

निर्वाचन समितिकी सदस्य कांग्रेस केन्द्रीय सदस्य मुना भुसालले आज कार्यतालिका प्रकाशन गर्ने र ११ गते निर्वाचन गर्ने तयारीमा आफूहरू जुटेको बताइन् ।

प्रतिनिधिसभाका कांग्रेसका ३८ सांसद छन् । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलले दलको नेता चयन गरे पनि कांग्रेसले चयन गर्न नसकेको भन्दै आलोचना भइरहेको छ ।

कांग्रेसमा दलको नेता बन्न भीष्मराज आङदेम्बे, अर्जुननरसिंह केसीसहितका नेताहरू आकाङ्क्षी छन् ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै