काठमाण्डौं । ‘जेनजी’ आन्दोलनमा रौतहट कारागारबाट भागेका कैदीलाइ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रौतहटको डुमडिया गाँउपालिका वडा नम्बर १० का ३० वर्षीय केदार परियार रहेका प्रहरीले जनाएको छ । उनलाइ कास्की प्रहरीले पोखराबाट पक्राउ गरेको हो ।
हाडनाता जबरजस्ती करणी मुद्दामा रौतहट जिल्ला अदालतबाट २५ वर्ष कैद सजाय पाएका परियारलाई पृथ्वीचोकबाट पक्राउ गरी कास्की कारागार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनायो ।
प्रहरीका अनुसार परियारले अझै १८ वर्ष चार महिना कैद सजाय भुक्तान गर्न बाँकी छ ।
यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बतायो ।