ट्रेन्डिङ

शुक्रबार मधेससहित थप ३ प्रदेशमा गर्मी बढ्ने, अन्यको कस्तो रहनेछ मौसम ?

वीरगन्ज । शुक्रबार मधेससहित अन्य तीन प्रदेशमा गर्मी बढ्ने अनुमान गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाले शुक्रबार मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा गर्मी बढेर तातो हुने पूर्वानुमान गरेको हो।

महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ ।

अहिले कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागलगायत बाँकी हिमाली भू–भागमा साधारणतया बादल लागेको र तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको अवस्था छ।

यसैगरी, वैशाख ५ गते शनिबार लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईलगायत अन्य केही भू–भागमा तातो हुने सम्भावना रहेको छ।

शुक्रबार र शनिबार राति देशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने र तराई भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

साथै, कोशी र गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै