ट्रेन्डिङ

डा. अमरेश सिंहले भने – पिछडिएको समुदायको नेतृत्व गर्ने भएकाले रास्वपाले रुवी ठाकुरलाई समर्थन गरेको हो

काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा.अमरेशकुमार सिंहले रुवि कुमारी ठाकुरले पिछडिएको समुदायको नेतृत्व गर्ने भएकाले रास्वपाले समर्थन गरेको बताएका छन् ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा उपसभामुखको निर्वाचन अघि रास्वपाका तर्फबाट बोल्दै उनले यस्तो बताएका हुन् । बैठकमा उनले भने, ‘जेनजी, मधेसी, महिला र मधेसको पिछडिएको समुदायको भएकाले रास्वपाले साथ दिएको हो । ठाकुर निर्वाचित भएपछि जेनजी र युवाको सम्मान हुने विश्वास छ ।’

रास्वपा काम गरेर परिवर्तन चाहने पार्टी भएकाले जेनजी समूहकी ठाकुरलाई उपसभामुखमा समर्थन गरेको उनको भनाइ थियो । उनका अनुसार ठाकुर उपसभामुखमा निर्वाचित भएपछि विश्वकै कान्छी उपसभामुख बन्नेछिन् ।

मधेसमा रास्वपालाई जनताले दिएको मतको सम्मानका लागि पनि ठाकुरलाई समर्थन गरिएको उनको भनाइ थियो।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै