ट्रेन्डिङ

बारामा अफिमसहित दुई जना पक्राउ

बारा। बारामा प्रहरीले लागुऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा मकवानपुर कैलाश गाउँपालिका–२ बस्ने वर्ष ५५ का खड्गबहादुर मोक्तान र डाँडाखर्क गाविस–८ बस्ने वर्ष ४७ का लालबहादुर थिङ रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बुधबार साँझ इलाका प्रहरी कार्यालय सिमरा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगन्जबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा जीतपुरसिमरा उपमहानगरपालिका–११ स्थित सडक खण्डबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले हेटौंडाबाट सिमरातर्फ शंकास्पद रूपमा हिँडिरहेका दुबैलाइ जाँच गर्ने क्रममा लालबहादुर थिङको साथबाट लुकाइछिपाइ राखिएको ९४२ ग्राम अफिमजस्तो देखिने पदार्थ बरामद गरेको जनाएको छ।

उनीहरूलाई लागुऔषध ओसारपसारमा संलग्न रहेको आशंकामा नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै