ट्रेन्डिङ

कार्की आयोग प्रतिवेदन कार्यान्वयन सुरु: उपत्यका ‘हाई अलर्ट’मा, गुण्डुमा सुरक्षा घेरा कडा

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था कडाइ गरिएको छ।

सरकारको उक्त निर्णयपछि उत्पन्न हुन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निवास रहेको गुण्डु क्षेत्रमा सुरक्षा निगरानी उल्लेख्य रूपमा बढाइएको छ भने सुरक्षा निकायहरूलाई ‘हाई अलर्ट’ मा राखिएको छ।

उच्च सुरक्षा स्रोतका अनुसार, ओली र रमेश लेखकलाई पक्राउ गर्ने विषयमा प्रहरीभित्र गम्भीर छलफल भए पनि अहिलेसम्म कुनै ठोस निष्कर्षमा पुगिएको छैन। तर, गुण्डुस्थित ओली निवास वरपरको सुरक्षा सतर्कता र निगरानीलाई भने थप चुस्त गरिएको छ।

यसैबीच, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको नक्सालस्थित सरकारी निवासमा गृहमन्त्री गुरुङ, नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की तथा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबीच उच्चस्तरीय बैठक जारी रहेको छ।

यसअघि शुक्रबार साँझ नै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आफ्ना मातहतका सबै निकायलाई आन्तरिक सर्कुलर जारी गर्दै ‘हाई अलर्ट’ मा रहन निर्देशन दिइसकेका छन्। उपत्यकाभरका सबै सुरक्षा युनिटहरूलाई कुनै पनि परिस्थिति सामना गर्न तयारी अवस्थामा राखिएको जनाइएको छ।

उल्लेखनीय छ कि, शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै