काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् गठन प्रक्रियामा अन्तिम समयमा परिवर्तन गरिएको छ।
प्रारम्भिक सूचीमा समावेश गरिएका सांसद अमरेश कुमार सिंह को नाम मन्त्रिपरिषद्बाट हटाइएको हो।
स्रोतका अनुसार सिंहलाई सुरुमा उद्योग मन्त्रालयको जिम्मेवारी दिने तयारी थियो।
तर अन्तिम निर्णयमा उक्त मन्त्रालय प्रधानमन्त्री शाहले नै आफैंसँग राख्ने निर्णय गरेका छन्।
यससँगै उनले रक्षा मन्त्रालय समेत आफ्नै जिम्मामा राखेका छन्।
अमरेश कुमार सिंह गगन कुमार थापा लाई सर्लाही क्षेत्र नम्बर ४ बाट पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।
मन्त्रिपरिषद् गठनको अन्तिम घडीमा उनको नाम हटाइनुले राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजी सुरु भएको छ।