वीरगन्ज । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ।
बुधबार जारी गरिएको प्रेस विज्ञप्तिअनुसार निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलमा समान रूपमा प्रतिलिटर १५ रुपैयाँले मूल्य वृद्धि गरेको जनाएको छ।
नयाँ मूल्यवृद्धिसँगै उपभोक्तामाथि थप आर्थिक भार परेको छ।