ट्रेन्डिङ

आजको मौसम पूर्वानुमान: कुन कुन प्रदेशमा वर्षाको सम्भावना ?

काठमाडौं । नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसको असरले कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा मुख्यतया बादल लागेको छ।

कोशी र लुम्बिनी प्रदेशसहित बागमती प्रदेशको पहाडी–हिमाली भूभागमा आंशिक रूपमा बादल देखिएको छ भने बाँकी क्षेत्रको मौसम सामान्यतया सफा छ।

दिउँसोको स्थिति

आज दिउँसो हिमाली भूभागमा साधारणतया बादल लागेको रहन सक्छ।

तराई र पहाडी भूभागमा आंशिक बादल रहनेछ।

विशेषगरी कोशी, गण्डकी र कर्णाली प्रदेशका केही हिमाली क्षेत्रमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

रात्रीको स्थिति

आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी–हिमाली भूभागमा मुख्यतया बादल रहनेछ।

गण्डकी प्रदेशको तराई, साथै बागमती र कोशी प्रदेशका पहाडी–हिमाली भूभागमा आंशिक बादल रहने अनुमान गरिएको छ।

सुदूरपश्चिम प्रदेशका केही पहाडी र हिमाली क्षेत्रहरूमा चट्याङ्गसहित मध्यम वर्षा पर्न सक्ने सम्भावना छ।

त्यस्तै, कोशी प्रदेशका पहाडी–हिमाली भूभाग तथा गण्डकी र कर्णालीका एक–दुई हिमाली स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै