काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा आज पुनः वृद्धि देखिएको छ।
अघिल्लो दिनको तुलनामा सुन र चाँदी दुवैको भाउ बढेसँगै बजारमा सामान्य उकालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ९०० रुपैयाँ कायम भएको छ।
यो मूल्य सोमबारको तुलनामा ४ सय रुपैयाँले बढी हो।
सोमबार सुन प्रतितोला ३ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ५ हजार ३३५ रुपैयाँ निर्धारण गरिएको छ, जुन अघिल्लो दिनको भन्दा ७० रुपैयाँले उच्च हो।
सोमबार चाँदीको मूल्य ५ हजार २६५ रुपैयाँ कायम थियो।
यसअघि आइतबार सुनको भाउ ३ लाख ९ हजार ४०० रुपैयाँ र चाँदी ५ हजार २७० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारको प्रभाव स्थानीय बजारमा पनि देखिएको व्यवसायीहरू बताउँछन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हाल विश्व बजारमा सुन प्रतिऔँस ५ हजार ३० अमेरिकी डलर आसपासमा कारोबार भइरहेको छ भने चाँदी करिब ८० अमेरिकी डलर प्रति औँसमा किनबेच भइरहेको छ।