ट्रेन्डिङ

परालले छोपेर लैजाँदै गरेको अवस्थामा पर्साबाट २१३ किलो लागुऔषध गाँजा पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ ।

परालले छोपेर लैजाँदै गरेको अवस्थामा पर्सा प्रहरीले भारी परिमाणमा लागुऔषध गाँजा बरामद गरेको हो । प्रहरीले पर्साको जिरा भवानी गाउँपालिकाबाट २ सय किलो बढी लागु औषध गाँजा बरामद गरेको पर्सा प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा गरेको जाँचबाट जिराभवानी गाउँपालिका वडा नम्बर– ४ बाट २ सय १३ किलो लागु औषध गाँजा बरामद गरेको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक समुन्नत अधिकारीले बताए ।

उनका अनुसार ठूलो परिमाणमा गाँजाको तस्करीबारे प्रहरीलाई सूचना आयो, सोही अनुसार सरप्रराइज चेकिङ गर्दा लागुऔषध गाँजा बरामद भएको हो ।
प्रहरीले लागु औषध गाँजासहित मे १ त ५७१४ नम्बरको ट्रयाक्टर पनि नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

चालक भने प्रहरी देख्न साथ ट्रयाक्टर छाँडेर फरार भएको जनाइएको छ । बरामद लागुऔषध गाँजा र ट्रयाक्टर आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ ।

ट्रयाक्टरको कागजात निकालेर लागुऔषध कारोबारी खोज्ने काम भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै