ट्रेन्डिङ

सुनको मूल्यमा आज भारी गिरावट, कतिमा भइरहेको छ कारोबार ?

वीरगन्ज । नेपाली बजारमा सोमबार सुनको मूल्यमा आज उल्लेखनीय गिरावट आएको छ।

अघिल्लो दिन ३ हजार ५०० रुपैयाँले बढेर प्रतितोला ३ लाख १६ हजार ९०० रुपैयाँ पुगेको छापावाला सुनको मूल्य आज भने ३ हजार ७०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ३ लाख १३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ६५ रुपैयाँले घटेर ५ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै