ट्रेन्डिङ

पर्सामा प्रत्यक्षतर्फ १६ हजार बढी मत बदर, कुन क्षेत्रमा कति ?

वीरगन्ज । पर्सा जिल्लामा धेरैको संख्यामा मत बदर भएको छ । जिल्लाको चारवटै क्षेत्रमा १६ हजार बढी मत बदर भएको विवरण सार्वजनिक भएको छ ।

पर्साको क्षेत्र नम्बर– १ देखि ४ सम्मका क्षेत्रमा मत यो सङख्यामा बदर भएको पाइएको छ । जसअनुसार जिल्लाभर ६ प्रतिशत भन्दा बढी प्रत्यक्षतर्फका मत बदर मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

चारवटै क्षेत्रमा कुल कसेको २ लाख ५९ हजार २ सय ६४ मतको ६ दशमलव ३३ प्रतिशत मत बदर भएको मुख्य निर्वाचन अधिकृत गायत्री प्रसाद रेग्मीले बताए ।

उनका अनुसार जिल्लाका चारवटै क्षेत्रमा १६ हजार ४ सय ३० मत बदर भएको छ ।

पर्सा क्षेत्र नम्बर १ मा ४ हजार ८१, क्षेत्र नम्बर २ मा ४ हजार ५ सय मत बदर भएको छ । यसैगरी क्षेत्र नम्बर ३ मा ४ हजार ७ सय ३० र क्षेत्र नम्बर ४ मा ३ हजार १ सय १९ म तबदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

पर्साको क्षेत्र १ मा ६१३०६, क्षेत्र २ मा ६५८७८, क्षेत्र ३ मा ६७११३ र क्षेत्र ४ मा ६४९६७ मत खसेको थियो । निर्वाचनबारे कम प्रचारप्रसार तथा जनचेतना कम भएकोले मतपत्र बढी बदर भएको पाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै