वीरगन्ज । आज भएको प्रतिनिधिसभा निर्वाचनमा पर्साबाट ६५ प्रतिशतभन्दा बढी मत खसेको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाभर अनुमानित ६५ प्रतिशत भन्दा बढी मत खसेको हो ।
यद्यपी विवरण संकलन कार्य भइरहेकोले एकिन विवरण आउन केही समय लाग्ने पर्सा निर्वाचन क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत गायत्री प्रसाद रेग्मीले बताए ।
४ निर्वाचन क्षेत्र रहेको पर्सामा ३ लाख ७६ हजार ५३१ मतदाता छन् ।
देशैभर आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान प्रक्रिया चलेको थियो ।