वीरगन्ज । पर्सामा सुतली बमसहित तीन जना पक्राउ परेका छन । वीरगन्ज महानगरपालिकाको वडा नम्बर -१६ बाट सुतली बमासहित तीन जनााइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
विशेष सर्च अप्रेशनका क्रममा ९ थान सुतली बमसहित तीन जनालाइ पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख सुदिपराज पाठकले बताए ।
उनका अनुसार बुधबार बिहान करिब २ बजे सर्च अप्रेशन चलिरहेको थियो, सोही क्रममा तीनै जना पक्राउ परेका हुन ।
पक्राउ पर्नेहरुमा वीरगन्ज-१६ निवासी कृष्ण यादव, सोही ठाउँकै रोहित पटेल र अवजित यादव रहेका छन्।
निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै वीरगन्जमा चलाइएको विशेष अप्रेशन अन्तर्गत तीनै जनालाइ पक्राउ गरिएको प्रहरी भनाइ छ ।
निर्वाचनमा धार्मिक द्वन्द्व फैलाउने उद्देश्यले अवाञ्छित गतिविधि गर्न खोजेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा पाइएको पर्सा प्रहरी प्रमुख पाठकले जनाए ।
प्रहरीले उनीहरुको साथबाट ९ थान सुतली बम,२ थान मोबाइल,१ थान पावर बैंक, १ थान चार्जर , ५ वटा सेतो रङ्गको तार र सुंगुरको टाउको १ वटा फेला पारेको जनाएको छ।