वीरगन्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको हेलिकप्टर वीरगन्ज ल्यान्ड गरेको छ ।
निर्वाचन लक्षित चुनावी सभालाइ सम्बोधन गर्न कांग्रेस सभापति थापा आज वीरगन्ज आइपुगेका हुन ।
सभापति थापाको हेलिकप्टर वीरगन्जस्थित हेल्थ केयर अस्पतालको हेलिप्याडमा ल्यान्ड गरेको हो ।
हेलिकप्टरमार्फत वीरगन्ज अवतरण गरेका थापा हेल्थ केयर अस्पतालबार ‘रोड शो’ गर्दै घण्टाघरस्थित कार्यक्रम स्थल पुग्नेछन ।
विपी उद्यानमा मधेश प्रतिज्ञा सभाको आयोजना गरिएको छ ।
उक्त प्रतिज्ञा सभालाइ सम्बोधन गर्नका लागि कांग्रेस सभापति थापा वीरगन्ज आइपुगेका हुन ।
वीरगन्जको प्रतिज्ञा सभाको सम्बोधन पछि सभापति थापा बारा जिल्लाको कार्यक्रममा जाने तालिका रहेको छ ।