ट्रेन्डिङ

Genz आन्दोलनमा सुन्धारा कारागारबाट भागेका प्रतिवादी पर्साबाट पक्राउ

वीरगञ्ज । Genz आन्दोलनमा कारागारबाट भागेका एक प्रतिवादी पर्साबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कालिकामाइ गाउँपालिका–३ हरिहरपुर बिर्ता टोल निवासी ७४ वर्षीय रामचन्द्र महरा चमार छन् । लागू औषध मुद्दामा सजाय काटिरहेका उनी भदौ २४ गते Genz आन्दोलनको क्रममा केन्द्रीय कारागार कार्यालय सुन्धाराबाट फरार भएका थिए।

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनलाई पोखरिया नगरपालिका–४ क्षेत्रबाट लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका महरालाई आवश्यक कारबाहीका लागि कारागार कार्यालय वीरगन्ज पठाइएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पोखरीयाले बतायो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै