ट्रेन्डिङ

पर्सा एमालेका प्रभावशाली नेता बसरुद्दिन अन्सारी कांग्रेसमा प्रवेश, क्षेत्र १ मा देखियो– एमाले ब्याक गियरमा

वीरगन्ज । निर्वाचनको मुखमा पर्सा एमालेलाई ठूलो धक्का लागेको छ ।

एमालेका प्रभावशाली नेता बसरुद्दिन अन्सारीसहितका कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेसंगै एमालेलाई गहिरो असर परेको हो । नेकपा एमालेका पूर्व प्रदेश सदस्य अन्सारीले बुधवार नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।

जनकपुरमा नेपाली कांग्रेस मधेश प्रदेशले आयोजना गरेको प्रतिज्ञासभामा कार्यक्रममा अन्सारी पार्टी प्रवेश गरेका हुन । जनकपुरमा आयोजित भव्य आमसभाका बीच अन्सारीलाई नेपाली कांग्रेसका केन्द्रीय सभापति गगन थापाले खादा र माला लगाएर पार्टीमा स्वागत गरेका थिए ।

गएको २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमाएमाले प्रवेश गरेका अन्सारी वीरगन्ज महानगरपालिकाको मेयरमा चुनाव लडेका थिए । त्यसयता अन्सारी नेकपा एमालेमा क्रियाशिल रहँदै आएका थिए ।

एमालेको ११ औं महाधिवेशनमा केन्द्रीय सदस्यको रुपमा प्रतिस्पर्धा गरेका अन्सारी पराजित भएसंगै प्रतिनिधि सभाको उम्मेदवार नबनेपछि उनी नेतृत्वसंग असन्तुष्ट थिए । अन्सारीसंगै आजै एमाले महिला नेतृ रन्जु फुयाल पनि नेपाली कांग्रेसमा प्रवेश गरेकी छन ।

उनी अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य थिइन । यसैगरी एमाले पर्साका सदस्य इमरान अन्सारी पनि नेपाली कांग्रेसमा प्रवेश गरेका छन । एमालेका प्रभावशाली नेतृत्वहरुको कांग्रेसमा भएको प्रवेशले राजनीति शक्ति संन्तुलनमा उलटफेर ल्याउने चर्चा चुलिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै