वीरगन्ज । जगरनाथपुर गाउँपालिका वडा नम्बर १ र २, पिडारी गुठी र जानकीटोलामा नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रमेश रिजालको घरदैलो कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा स्थानीय बासिन्दा, समाजसेवी र विभिन्न पेशाकर्मीहरूको ठूलो उपस्थिती देखियो।
रिजालले स्थानीय जनता संग प्रत्यक्ष संवाद गर्दै आफ्नो गाउँ विकास, शिक्षा, स्वास्थ्य र पूर्वाधार सुधारका योजनाहरु सार्वजनिक गरे।
उम्मेदवार रिजालले भने, “जनताको साथ र समर्थन बिना ठूला विकास सम्भव छैन। मेरो प्राथमिकता हरेक गाउँमा पूर्वाधार, विद्यालय र स्वास्थ्य सेवा सुदृढ बनाउने छ।”
स्थानीयवासीहरूले उनका योजनाप्रति उत्साह व्यक्त गर्दै आगामी निर्वाचनमा ठुलो समर्थनको भरोसा दिएका छन्।
उम्मेदवार रिजालको सक्रियता र जनता संगको प्रत्यक्ष संवादले जगरनाथपुरमा कांग्रेसको चुनावी ऊर्जा बढाएको कांग्रेस कार्यकर्ता बताउँछन ।