जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालन साह मधेस प्रदेश आउने भएका छन् ।
मंगलबार अर्थात् भोली विभिन्न जिल्लामा केन्द्रित राजनीतिक भेटघाट तथा जनसम्पर्क कार्यक्रमका लागि उनी यहां आउने कार्यतालिका तय भएको हो ।
सप्तरीको सप्तकोशी नगरपालिकाबाट सुरु हुने उनको कार्यक्रम साँझ महोत्तरीको बर्दिबास पुगेर टुंगिने छ। जसअनुसार बिहान साढे ८ बजे सप्तकोशी नगरपालिकाबाट यात्रा सुरु हुने छ।
त्यसपछि कञ्चनरुप, हनुमाननगर, राजविराज, डकनेश्वरी, बोधेबरसाइनलगायत सप्तरीका विभिन्न स्थानमा घण्टाघर केन्द्रित भेटघाट तथा ‘वेभ’ कार्यक्रम हुने र त्यसपछि १०:४० मिनेटमा सिराहातर्फ प्रवेश गर्ने कार्यतालिका छ।
सिराहामा भगवानपुर, नवराजपुर, बरियारपट्टी, औरही चोक, सुखीपुर, गोलबजार, चोहरबा, मिर्चैया, कल्याणपुर बजार, सिराहा बजार तथा टिनकौरिया चोकमा क्रमशः जनसम्पर्क कार्यक्रम राखिएको छ।
दिउँसो धनुषाको यदुकुवा, धनुषाधाम, नगराइन र जलेश्वर हुँदै कार्यक्रम महोत्तरी प्रवेश गर्ने छ।
महोत्तरीमा एकडारा, बलवा/सर्पल्लो हुँदै साँझ ४ः१० बजे बर्दिबास पुगेर कार्यक्रम समापन हुने रास्वपाले जनाएको छ।
रास्वपाले यो यात्रालाई मधेस केन्द्रित राजनीतिक संवाद, जनताको समस्या प्रत्यक्ष सुन्ने र आगामी राजनीतिक रणनीतिका लागि महत्वपूर्ण मानिएको बताएको छ। स्थानीय तहमा नागरिकसँग प्रत्यक्ष संवाद गर्दै पार्टीको धारणा राख्ने उद्देश्यसहित बालन शाहको यो यात्रा आयोजना गरिएको हो।