ट्रेन्डिङ

घरदैलोबाट जनतासम्म पुग्दै जसपा नेपाल, वीरगन्जमा अभियान तीव्र

वीरगन्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालले वीरगन्जमा संगठन विस्तारलाई तीव्र बनाउँदै सम्पर्क कार्यालय स्थापना तथा घरदैलो अभियान अघि बढाएको छ।

पार्टीले वीरगन्ज महानगरपालिका वडा नम्बर–१६ ईनर्वामा सम्पर्क कार्यालय स्थापना गर्दै स्थानीय मतदातासँग प्रत्यक्ष संवाद सुरु गरेको हो।

सम्पर्क कार्यालयको उद्घाटनसँगै सुरु भएको घरदैलो कार्यक्रममा पर्सा क्षेत्र नम्बर–१ का जसपा नेपालका उम्मेदवार रामनरेश यादवले नेतृत्व गरेका थिए।

कार्यक्रममा उम्मेदवार यादवले घर–घरमा पुगेर मतदातासँग भेटघाट गर्दै पार्टीको नीति, कार्यक्रम र आगामी निर्वाचनका लागि राखिएका प्राथमिकताबारे जानकारी गराएका थिए।

यादवले वीरगन्ज र पर्साको समग्र विकास, सुशासन तथा जनताको अधिकार सुनिश्चित गर्ने लक्ष्यसहित जसपा नेपाल चुनावी मैदानमा उत्रिएको बताए।

“जनताको आवाजलाई राज्यका सबै निकायसम्म पुर्‍याउने हाम्रो मुख्य उद्देश्य हो,” उनले भने।

स्थानीय नेताहरू र कार्यकर्ताहरूले सम्पर्क कार्यालयलाई संगठन सुदृढीकरण र मतदातासँग निरन्तर संवादको केन्द्रका रूपमा प्रयोग गरिने बताएका छन्।

कार्यक्रममा जसपा नेपालका नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै