ट्रेन्डिङ

अमेरिका र इरानबिच द्वन्द्व चर्किएपछि नेपाल सरकारले भन्यो — छिटोभन्दा छिटो इरान छोड्नुहोस्, सबै भ्रमण रद्द गर्नुहोस्

काठमाण्डौँ । सरकारले इरानमा भएका नेपालीलाई जतिसक्दो स्वदेश फर्किन आग्रह गरेको छ ।

अमेरिका र इरानबीच तनाव बढ्दै गएपछि ‘ट्राभल एड्भाइजरी’ जारी गर्दै इरान जान तयारी गरिरहेकाले भ्रमण स्थगित गर्न भनेको हो ।

परराष्ट्र मन्त्रालयले भनेको छ, ‘पछिल्लो विकासक्रमलाई ध्यानमा राख्दै त्यहाँको अवस्था सामान्य नभइन्जेलसम्म इरान भ्रमण गर्ने योजना स्थगित गर्न हामी सल्लाह दिन्छौँ । हाल इरानमा रहेका नेपाली नागरिकलाई सकेसम्म छिटो इरान छोड्न सल्लाह दिन्छौँ ।’

सरकारले त्यहाँ रहेका नेपालीलाई आफ्ना महत्वपूर्ण डकुमेन्टहरू पासपोर्ट, परिचयपत्रलगायतहरू सहजै भेटिने स्थानमा राख्न पनि सुझाएको छ । परराष्ट्रले समन्वयका लागि नेपालस्थित दूतावास, कतारस्थित दूतावासँग सम्पर्कमा रहिरहन पनि भनेको छ ।

इरानमा नेपाली भएको तर, कति संख्यामा छन् भन्ने तथ्यांक छैन ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै