ट्रेन्डिङ

प्रहरीको सुझाव – पत्रकार सिटौलाको शव अन्त्येष्टि गर्नुपूर्व पोष्टमार्टम गर्नुहोस्

के भन्छन् परिवार ?

काठमाण्डौँ । मृतक चलचित्र पत्रकार दिनेश सिटौलाको शव पोष्टमार्टम गर्न प्रहरीले सुझाएका छन् । ग्राण्डी अस्पतालमै पुगेर प्रहरी अधिकारीहरुले उनको शव पोष्टमार्टम गरेर मात्र अन्त्येष्टि गर्न सुझाएका हुन् ।

ब्रेन ह्यामरेजका कारण पत्रकार सिटौलाको आइतबार अपरान्ह पौने १ बजे ग्राण्डी अस्पतालले निधन भएको बताएको छ । अस्पतालले उनको निधन भएको जनाएको थियो ।

परिवारका सदस्यहरूले सुरूमा अस्पताल प्रशासनले आधिकारिक बयान दिइसकेकाले पोस्टमार्टम नगराउने अडान लिएका थिए । तर, डीएसपी नवराज पोखरेलले पछि कुनै कानूनी प्रक्रियामा जानुपर्ने अवस्था आए पोस्टमार्टम रिपोर्ट चाहिने तर्क गर्दै परिवारलाई सुझाएका बताइन्छ ।

प्रहरीको सुझावपछि परिवारजनहरू अहिले छलफलमा रहेका छन् । सिटौला रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहको टोलीमा रहेर अछाम गएका पत्रकार सिटौला अचानक बेहोस भएर ढलेपछि काठमाडौं ल्याइएको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै